बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा छ : प्रचण्ड

‘हाम्रोमा समीकरण बन्ने र भत्किने कुरा अन्तर्राष्ट्रिय कारणले भयो भनेर भन्नु अत्युक्ति हुन्छ’
बुधबार, २३ असोज २०८१, ०९ : ०६
बुधबार, २३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको औँल्याएका छन् । अमेरिका र चीनबिचको प्रतिस्पर्धामा नेपाल इपिसेन्टर बन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको प्रचण्डले आङ्कलन गरेका हुन् ।

बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दक्षिण एसियामा नै विगत केही समयदेखि ठुलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखा परेको उल्लेख गरे । उनले यसमा श्रीलंका र बंगलादेशको उदाहरण प्रस्तुत गरे ।

उनले नेपालमा चाहिँ सरकार परिवर्तन हुने विषयमा आन्तरिक कारण प्रधान रहेको स्पष्ट परो । ‘हाम्रोमा चाहिँ हाम्रै मौलिकतामा छ भन्छु म । हाम्रोमा समीकरण बन्ने र भत्किने कुरा अन्तर्राष्ट्रिय कारणले भयो भनेर भन्नु अत्युक्ति हुन्छ । यो हाम्रो आन्तरिक राजनीतिक डाइनामिक्सका कारणले भएको छ । तर, दिनप्रतिदिन अन्तर्राष्ट्रिय दबाब र चलखेल बढ्दै जाने आङ्कलन गर्न सकिन्छ ।’

प्रचण्डले विश्व परिस्थिति नयाँ ढङ्गले अघि बढेको जिकिर गरे । केहीले तेस्रो विश्वयुद्ध सुरु भइनै सक्यो भनेर प्रचार गरिरहेको र ठुलै राजनीतिज्ञहरूले तेस्रो विश्वयुद्धको संघारमा रहेको भन्न थालेको सुनाए । 

यसको असर सबैतिर परेको उनको भनाई छ । ‘हाम्रो देशको अवस्थितिको कारणले, चीन र भारतजस्ता विशाल छिमेकीको बिचमा हुनुको कारणले विगतदेखि हामीसँग चुनौती र अवसर पनि रहँदै आएका छन् । यो बिचमा चुनौती बढ्दै गएको अनुभूति गरेका छौँ । विश्वमा आर्थिक शक्ति र विश्व शक्ति बन्ने प्रतिस्पर्धामा चीन र अमेरिका सबैभन्दा अगाडि छन् । रुस पनि सुपरपावरको हैसियत गुम्न नदिनका लागि प्रयास गर्ने कुरा पनि स्वाभाविक छ ।’

देशको भूराजनीतिको मात्र कुरा नभएर हाम्रो भौगोलिक बनावटको कारणले पनि नेपाल जहिले पनि अप्ठ्यारोमा पर्ने देश रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप