बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

आफ्नै गीतमा राजेश पायललाई कपिराइट !

बुधबार, २३ असोज २०८१, ०८ : २२
बुधबार, २३ असोज २०८१

काठमाडौँ । चर्चित गायक राजेश पायल राईलाई आफ्नै गीत सङ्गृहीत गर्न खोज्दा कपिराइट लागेको छ । गायक राईले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

आफ्नै अधिकार रहेको गीतमा समेत कपिराइट लागेपछि उनले आफ्नो गीत अनलाइनमा राख्ने सबैलाई हटाउन आग्रह गरेका छन् । नहटाए कानुनी उपचारमा जाने उनले चेतावनीसमेत दिएका छन् ।

उनले लेखेका छन्, ‘सर्वप्रथम ! सेवा,दर्शन नमस्ते अनि दसैको शुभकामना पनि !! यो एक सूचना हो मेरो Rights मा रहेको अधिकांश गीतहरू हालै मैले खोलेको Audio platform मार्फत सङ्गृहीत गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले यो सूचित गरिन्छ की तपाईंले राख्नुभएको मेरो गीतहरू तुरुन्त Delete गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु ! र यति सेयर गरेर सहयोग गरिदिनु होला ।

उही तपाईँहरूकै राजेशपायल राई !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप