अमेरिकी निर्वाचनको दिन आक्रमणको योजना बनाएको आरोपमा अफगान नागरिक पक्राउ

वासिङ्टन । अमेरिकी न्याय विभागले चुनावको दिन इस्लामिक स्टेट समूहको नाममा हमला गर्ने योजना बनाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । अभियोजकहरूका अनुसार सन्दिग्ध २७ वर्षीय नासिर अहमद तावेदी ओक्लाहोमा सिटीमा बसोबास गर्ने अफगानिस्तानका नागरिक हुन् ।
एफबीआईका निर्देशक क्रिस्टोफर रेले मंगलबार एक विज्ञप्तिमा भने, ‘आईएसआईएसबाट उत्प्रेरित प्रतिवादीले चुनावको दिन यहाँ हाम्रो मातृभूमिमा हिंसात्मक हमला गर्ने षड्यन्त्र गरेका थिए।’ एफबीआईका अनुसार तावेदीले हतियार भण्डारण गर्ने प्रयास गरिरहेका थिए र आफ्नो परिवारको सम्पत्ति बिक्री गर्न र सदस्यहरूलाई विदेशमा स्थानान्तरण गर्न कदम चालेको थिए ।
तावेदीलाई विदेशी आतंकवादी संगठनलाई सहयोग वा स्रोत उपलब्ध गराउने प्रयास र षड्यन्त्र गरेको आरोप लगाइएको छ। साथै कुनै अपराध वा आतंकवादको कार्य गर्न प्रयोग गर्न बन्दुक र गोला बारुद किन्न प्रयास गरेको आरोप पनि उनीमाथि लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा