प्राध्यापक डा.युवराज सङ्ग्रौला समसामयिक विषयमा खरो टिप्पणी गर्छन् । अझ अर्थ राजनीति उनको बढी रुचिको विषय हो । स्वतन्त्र, स्वाधीन अर्थतन्त्रको पक्षधर सङ्ग्रौला आफ्नो विचार राख्दा तथ्यमा उभिएर स्पष्ट ढङ्गले राख्छन् ।
आलोचनासँग नडराउने र आलोचना गर्न पनि नडराउने सङ्ग्रौला गरिखाने वर्गको पक्षमा निर्धक्क विचार राख्छन् । त्यसैले कहिलेकाहीँ ठगी खाने वर्गले उनलाई विवादमा तान्ने प्रयत्न पनि गर्ने गरेका छन् । उनै सङ्ग्रौलासँग रातापाटीले ओली के गर्दैछन् ? प्रचण्डले अब गरि खालान् ? रवि लामिछानेको यात्रा कहाँ पुग्ला ? पूर्वराजाले अब के गर्लान् ? लगायत विविध विषयमा लामो कुराकानी गरेको छ । सङ्ग्रौलासँग गरिएको कुराकानीको सम्पादित अंश–
-राजनीतिक पार्टीसँग आफ्नो विचार छैन । कांग्रेसको समाजवादको मूल धार भनेको तल्लो तप्काको किसान र मध्यम परिवारको किसान वर्ग हो । कम्युनिस्टहरूको मूलतः कामदारहरू, श्रमिकहरू हो । यी दुई किसिमका आर्थिक वर्गमा दुवै पार्टीको पहुँच अहिले छैन । र, उनीहरूलाई कुनै सरोकार पनि छैन । अब दुईवटै पार्टीको मूल ओरिएण्टेशन समाजवाद हो । समाजवाद बोकेर नवउदारवादी अर्थव्यवस्था लागू गरेर बसेपछि उहाँहरूले दिने चिज नै केही पनि रहँदैन । उहाँहरू वर्गबाट विभक्त भइसक्नु भएको छ । अनि उहाँहरूले कसका लागि कार्यक्रम बनाउने ? अनि उहाँहरूले दिनुहुन्छ भनेर हामीले विश्वास गर्नु नै गलत गर्यौँ । अपवित्र गठबन्धनबाट आएको वर्तमान नेपालको लोकतन्त्र हो । त्यस कारण मलाईचाहिँ आश थिएन । र, यसले केही दिन पनि सक्दैन ।
-राजनीतिक पार्टीभित्र बौद्धिक बहस हुनुपर्थ्यो । नयाँ पुस्तालाई भूमिका दिनुपर्थ्यो । नयाँ पुस्तालाई नयाँ आर्थिक, राजनीतिक कार्यक्रमप्रति सचेत गर्नुपर्थ्यो । अनि मात्र पार्टीले डेलिभरी दिन सक्थ्यो । अहिले राजनीतिक पार्टीको नाममा शासन भए पनि सीमित सम्भ्रान्तहरूको नेतृत्वभित्र रह्यो । र, काठमाडौँले कहिल्यै विकेन्द्रित हुनै चाहेन ।
-वस्तु परिस्थिति, तथ्य र तथ्यमा टेकेर तर्क गर्नुपर्छ हामीले । मलाई के मन पर्छ, के मन पर्दैन भन्ने कुरा महत्त्वपूर्ण होइन । मलाई विश्वास लाग्दैमा टुकुचाको पानी दूध हुने त होइन नि ।
-बगिरहेको खोलालाई कहिले किसानले सिचाइका लागि प्रयोग गर्छन् । कहिले बाँध बाँधेर हाइड्रोको लागि प्रयोग गरिन्छ । तर खोलालाई मलाई कसले केका लागि प्रयोग गर्यो भन्ने थाहै पाउँदैन । यो राजनीतिक प्रक्रियालाई यिनीहरूले थाहै नपाईकन विदेशीले बगाउँछ ।
-भारतले यहाँको सरकारसँग बिजनेस नभएका कारण पनि कहिलेकाहीँ इग्नोर गर्छ । यथार्थमा नेपालको सरकारसँग बिजनेस पनि छैन । कुनै नदीबाट विद्युत् लानु छैन । बाँधको मुद्दा छैन । लिम्पियाधुराको इस्यू सकिइ नै सक्यो । मधेसको इस्यू पनि छैन । अर्को कुरा, नेपालले भारतको चाहनाको विरुद्धमा चीनसँग उसको एलाइमेण्ट देखिराखिएको छैन । बीआरआई नआउने कुरा त आरजुले नै गरिहाल्छिन् । बीआरआई आउन अमेरिकाले दिँदैन, चीनसँग नजिक जान यिनीहरू आफैले पहल गरिरहेका छैनन् । भनेपछि भारतले नेपालसँग घनिष्ठ सम्बन्ध राख्नुपर्ने त्यस्तो के कारण छ र ?
उहाँहरूसँग एउटा त पोलिसी नै छैन । वर्गीय चेत नै छैन । कसका लागि कार्यक्रम बनाउने भन्ने नै छैन । अनि हुने यस्तै हो ।
नागरिकको यति वितृष्णापूर्ण अवस्थामा सरकारको, स्थानीय निकायको, सुरक्षाको स्थिति पनि देखिएन । म विपद् भएकै कुनै ठाउँमा थिए । जनताको अवस्था देखेर मैले प्रधानसेनापतिलाई फोन गरेँ सम्पर्क हुन सकेन । प्रहरी प्रमुखलाई फोन गरेँ । गृह सचिवलाई फोन गरेँ । मुख्य सचिवको पनि लागेन । दुई दिनसम्म पनि फोन लागेन ।
विकल्पको नाममा अरू फेल भएर प्रतिक्रियात्मक रूपमा आएका हुन् । दुईवटा सिंह अलि पर परबाट गए भने बिचबाट मृग भागेर गएजस्तै हो उहाँहरूको अवस्था । यो एसेम्बल हो र केवल सत्ताका लागि आएको हो । यो नेपाली जनताको हितमा आएको होइन ।
नेपाली समाज तीव्र गतिमा परिवर्तनमा छ । यो अवस्था आउनुपर्थ्यो । अब नेपालको टोटल उत्पादन प्रणाली समाप्त भएको अवस्थामा, समाप्त भएको उत्पादन प्रणालीलाई कसरी रिजेनेरेट गर्ने, शिक्षाको गुण समाप्त भएको र शिक्षाका नाममा केवल स्कुल चलेको र त्यसले परनिर्भर जमात जन्माउने केही भवनहरूको रूपमा मात्र रहेको । त्यसमा पनि विभाजित रहेको । यसको मोडल कस्तो हुने भन्ने सोच । पर्यावरण र जलवायु ध्वस्त भइरहेको छ त्यसलाई कसरी सुरक्षित बनाउने भन्ने सोच । काठमाडौँ केन्द्रित विकासको ढाँचा बदल्ने सोच र भारत र चीनलाई जोड्ने र प्रो एक्टिभ डिप्लोमेसी कसरी निकाल्ने भन्ने कुरामा सोचेर एउटा नयाँ विचार आउने बित्तिकै नयाँ पार्टी जन्मिन्छ ।
बौद्धिक बहसबाट विचार आउँछन् । तर बौद्धिक व्यक्तिहरू गएर शासन चल्दैन । हामीले सोच, विचार दिने हो ।
पाँचदेखि छ वर्षको समयमा एउटा इभोलुशन हुन्छ । नयाँ शक्ति, नयाँ सोच, नयाँ विचार, नयाँ विश्लेषणसहित यो परम्परागत समाजवादी र परम्परागत पुँजीवादी धारभन्दा पृथक् एउटा समतावादी धार निर्माण हुन्छ ।
पूर्णरुपमा नयाँ विचारसहित प्रतिस्पर्धामा आउन सक्छ । र, अहिले रहेका दलहरू भित्रका राम्रो तप्काले त्यहीभित्र बौद्धिक रिभुलुसन गर्न सक्छ । उनीहरूबिच प्रतिस्पर्धा हुनसक्छ । त्यसले एउटा राजनैतिक विचार सिर्जना गर्छ । उनीहरू आएनन् भने पनि नयाँ शक्ति आउँछ ।
नेपालमा अरू शक्ति नै रहँदैनन् त ?
नेपालमा अब चारवटा शक्तिबिच प्रतिस्पर्धा हुन्छ ।
एउटा अलि बढी र्याडिकल हुन्छ । एउटा सेन्ट्रिस्ट हुन्छ । एउटा अर्थोडक्स वा कन्जरभेटिभ हुन्छ । अर्को अलिकति प्रगतिशील हुन्छ । र, अलिकति लेफ्ट सेन्ट्रिक हुन्छ ।
बेकारको कुरा । यो सरकारले संविधान संशोधन गर्नै सक्दैन । उहाँहरूले संविधान संशोधनको नारा ल्याउनुभयो । प्रिकन्सेप्ट आइडियाबाट । यदि त्यो ल्याउनुभयो भने सेकुलारिज्मको कुरा कम्पिलिट्ली बाहिर आउँछ । त्यसपछि पहेँला लुगावालाहरू सडकमा आउँछन् । दुर्गा प्रसाईँजीको बजार ठुलो हुन्छ । जनजातिहरू पहिचानको नाममा आउँछन् । यो देश बङ्गलादेशको बाटोमा जान्छ । यदि उहाँहरूले संविधान संशोधनको प्रक्रियालाई अगाडी ल्याउनुभयो भने ।
यता लाग्नुभन्दा बरु उहाँहरूलाई राम्रो के हुन्छ भने तत्काल आफ्नो पार्टीभित्र सुधारको बहस सुरु गर्नुस् ।
अब कति खानुहुन्छ त ? यदि बहस सुरु गराउनुभयो भने दुईवटा पार्टी राइज हुनसक्ने सम्भावना देख्छु । सबै लेफ्ट एकत्रित हुने र सबै सेन्ट्रिस्ट एकातिर हुँदा सेन्ट्रिस्ट प्लस लेफ्टिस्ट पार्टी बन्न सक्छ ।
इभोलुसनबाट भयो भने जान सक्छ ।
उहाँले भनेकोचाहिँ सानालाई समाप्त पारेर दुई पार्टी भनेको हो, त्यो बन्नै सक्दैन । इभोलुसनको प्रक्रियाबाट आउँदा भने दुईवटा पार्टी बन्न सक्छन् ।
स्वाभाविक हो । सांस्कृतिक कुरा हो ।
राजतन्त्र फर्किनुपर्छ भनेर माग्ने मान्छेको हक छ । र, मैले पनि एक पटक राजा बन्न पाउनुपर्छ भन्ने हक ज्ञानेन्द्रको पनि छ ।
जनताको मन जितेर राजतन्त्र आवश्यक रहेछ भन्ने सिद्धान्त दिएर आउनुभयो भने जनताले उहाँलाई पत्याउने हो । अनि उहाँ पनि भारतकै सपोर्टमा आउनुभयो भने त उहाँ किन चाहियो र ? उहाँका बाउ, दाजुहरूले त्यही नगर्दा यो घटना आएको ।
प्रतिक्रिया