बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी

बुधबार, २३ असोज २०८१, ०६ : १२
बुधबार, २३ असोज २०८१

काठमाडौँ । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदै छ ।

ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ईजीकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङ्फुको ट्रेडिसनल फर्ममा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरू बुधबार जर्मनी प्रस्थान गर्ने छन् ।

टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका नेपाल उमा कुङ्फु संघका महासचिव भूपेन्द्र गुरुङले मंगलबार एक कार्यक्रमबिच बिदाइ गरे । ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप