बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटना, १३ जना घाइते

बुधबार, २३ असोज २०८१, ०६ : ०८
बुधबार, २३ असोज २०८१

सुर्खेत। २६ जना यात्रु सवार रहेको एउटा फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटनामा परेको छ । कैलालीबाट अछामतर्फ जाँदै गरेको सु.प्र ०१००१ख३०४६ नम्बरको फोर्स गाडी मंगलबार बेलुका दैलेखकाे गुराँस गाउँपालिका-२, तल्लाे डुङ्गेश्वरमा दुर्घटना भएको हो ।

दैलेख प्रहरीका अनुसार गाडी अचानक भित्तामा ठोकिएको र गाडीमा सवार १३ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारमा लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

घाइतेमध्ये दैलेख आठबिस नगरपालिका-४, का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका-१२, बस्ने ५० वर्षीया  पार्वती शाही र साेही नगरपालिका-८, की ४ वर्षीया नेहा खड्काको अवस्था गम्भीर रहेको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप