कस्तो रहनेछ बुधबारको मौसम ?
काठमाडौँ । हाल कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेस प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बहिर्गमन भइसकेको छ । नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट असोज २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी महिला टी–२० विश्वकप : बलियो अस्ट्रेलियासँग हार्यो न्युजिल्यान्ड
-
आईसीसी महिला टी–२० विश्वकप : बलियो अस्ट्रेलियासँग हार्यो न्युजिल्यान्ड
-
कन्टिन्जेन्सी खर्च गर्न नपाउने व्यवस्थाले विकासे अड्डामा खैलाबैला, चालु खर्च बढ्ने
-
घुँडाको दुखाइ कम गर्न चाहनु हुन्छ ? खानुस् यी फलफूल
-
हामीले प्राकृतिक स्रोत साधन परिचालनको रणनीति बदल्नुपर्छ : प्रचण्ड
-
छायाङ्कनका क्रममा इमरान हाशमी घाइते