बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

जनगुनासो नआउने गरी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन

मङ्गलबार, २२ असोज २०८१, २३ : ४०
मङ्गलबार, २२ असोज २०८१

भक्तपुर । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सेवाग्राहीको कुनै गुनासो नआउने गरी कार्यसम्पादन गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएकी छन् । 

मंगलबार जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा नागरिक समाजसँगको अन्तरक्रियामा जिल्ला परिसर र मातहतका वृत्तमा सरुवा भएर आएका नयाँ प्रहरी उपरीक्षक एवं प्रहरी नायब उपरीक्षकहरुलाई उनले समुदायसँग निकट सम्बन्ध बनाएर अपराध न्यूनीकरणमा लाग्न निर्देशन दिइन् । उनले गुनासो र समस्या लिएर आउने सेवाग्राहीलाई प्रहरी कार्यालयमा हैरानी गराउनु आवश्यक छैन भन्दै प्रहरीले कानूनको परिधिभित्र रहेर समाज र नागरिकमुखी भएर सेवा प्रवाह गर्न निर्देशन दिइन् ।  

भक्तपुरको सर्भिस ट्रयाक सञ्चालनमा ल्याउन निर्देशन दिँदै बज्राचार्यले भनिन्, 'भक्तपुरको सडक छ लेन भनेपनि चार लेन मात्रै सञ्चालनमा छ, सूर्यविनायकदेखि जडीबुटीसम्मको दायँबायाँको दुईलेन सर्भिस ट्रयाकमा जथाभावी व्यापार, पार्किङ भइरहेको छ, त्यसलाई स्थानीय सरकारसँग समन्वय गरेर तत्काल हटाएर यातायात सहजीकरण हुनेगरी सञ्चालनमा ल्याउनुस् ।'

एम्बुलेन्स, दमकल, शववाहन पनि जाममा फसिरहेको देखिने गरेको भन्दै उनले सर्भिस ट्रयाक पूर्ण रुपमा सञ्चालनमा आए यस्ता सवारी साधन र साना सवारी साधनको आवतजावतमा सहज हुने बताइन् । 

त्यस अवसरमा उनले हनी ट्रयापर र मिटरव्याजीसँग सावधान हुन आग्रह गरिन् । उनले भनिन्, 'पछिल्लो समायमा हनि ट्रयापर बढेको पाइएको छ, यसबाट सचेत हुन म सबैमा आग्रह गर्दछु ।'

उनले चेक बाउन्सका घट्ना धेरै आएको भन्दै त्यसमा पनि मिटरव्याजी लगाएर पीडितलाई झन् पीडा दिने कार्य गर्न नहुने उनले बताइन् । 

उपत्यकामा पछिल्लो समय साइबर अपराध बढेको भन्दै उनले हुण्डी, अनलाइन ठगी र व्यापारका नाममा हुने अनलाइन व्यापारमा समेत एउटा सामान देखाएर अर्कै सामान ल्याएर ठगी गर्ने बढेकाले सचेत रहन सबैमा आह्वान गरिन् । 

कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले प्रहरी र समुदायसँगसँगै नागरिक समाजसँग समन्वय गरेर अपराध न्यूनीकरणमा लाग्ने बताइन् । 

कार्यक्रममा प्रहरी वरिष्ट उपरीक्षक विनोद घिमिरेलगायत प्रहरी अधिकृतहरुले परिसरको कार्यसम्पादनको अनुगमन गर्नुका साथै आन्तरिक व्यबस्थापनबारे प्रहरी उपरीक्षक बुढाथोकीले जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप