नेपाली र अमेरिकी समलिङ्गी पुरुषबिच पहिलो पटक विवाह दर्ता

काठमाडौँ । नेपाली समलिङ्गी पुरुष र अमेरिकीबिच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेको सम्भवत: यो पहिलो घटना हो ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र न्युयोर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिङ्गी विवाह दर्ता प्रमाणपत्र दिएको छ ।
विवाह प्रमाणपत्रमा दुवै जना पति उल्लेख गरिएको छ। जोसेफ र प्रजितलाई एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले बधाई दिएका छन्।
मायाको पहिचान नेपालको पहलमा स्थानीय निकायमा समलिङ्गी/तेस्रोलिंगी जोडीहरूको विवाह दर्ता हुने क्रम भइरहेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले जानकारी दिए।
स्थानीय निकायमा विवाह दर्ता गर्न मद्दत पन्तले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सेयर गर्दै जोसेफ र प्रजितको चाँडै विवाह उत्सव हुन गइरहेको उल्लेख गरेका छन्।
१२ वैशाख २०८१ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो। मायाको पहिचान नेपालको पहलमा परिपत्र जारी भएसँगै स्थानीय तहहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गर्न थालेका हुन्।
माया गुरुङ र सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो समलिङ्गी तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गर्न सफल भएका थिए। १३ मङ्सिर २०८० मा माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै
-
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
-
अमेरिका र युक्रेनबिच प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
प्रतिष्ठाको लडाइँमा रहेको राजस्थानलाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा मुम्बई
-
युजवेन्द्रले ह्याट्रिक लिँदा बनेका रेकर्ड