बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २२ असोज २०८१, २२ : ००
मङ्गलबार, २२ असोज २०८१

आज २०८१ असोज २२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • र्‍याफ्टिङ व्यवसाय ठप्प

सामान्य अवस्था हुन्थ्यो भने यतिबेला भोटेकोशी, त्रिशूली जस्ता नदी छेउछाउमा र्‍याफ्टिङ बोटको लामबद्ध हुन्थ्यो, लाइफ ज्याकेट लगाएका व्यक्तिहरूको भीड त्यो क्षेत्रमा देख्न सकिन्थ्यो । त्रिशूली र भोटेकोशीममा मात्रै दिनको ५/६ हजार जनासम्मले र्‍याफ्टिङ गर्ने गरेका थिए । तर, यसपालि यो क्षेत्र सुनसान छ, अहिले यो व्यवसायमा ९० प्रतिशत गिरावट आएको व्यवसायीहरू बताउँछन् । 

  • कालजयी चित्र

करिब ३० वर्षपछि मूर्धन्य कलाकार लैनसिंह बाङ्देल (सन् १९१९–२००२) का चित्र काठमाडौँमा देखा परे । ‘माई डिभोसन टु आर्ट’ नाम दिएर हालै (सेप्टेम्बर ८–२२) मा उनका चित्रको एकल प्रदर्शनी गरियो, लाजिम्पाटस्थित ‘तप्का ग्यालरी’मा ।

  • तालमेलकै नीति

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह उपनिर्वाचनमा तालमेलकै नीति अख्तियार गरेको छ । सो पार्टीले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचन एक्लै लड्नेगरी तयारी गर्ने भनेपनि सो आन्तरिकरुपमा तालमेलको ढोका भने खुलै राखेको हो । 

  • फोटोफिचर

राजधानीको खोकनामा नेपालीहरुको चाड दसैँको सट्टा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि  परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन । 

बिहीबार टुँडिखेलमा आयोजना गर्न लागिएको फूलपाती बढाइँ समारोहको लागि मंगलबार ग्राण्ड रिहर्सल गरिएको छ । हप्तौँदेखि गरिएको तयारी र पूर्वाभ्यास पश्चात् नेपाली सेनाले हरेक वर्ष फूलपाती आउन दुई दिन बाँकी रहँदा ग्राण्ड रिहर्सल गर्ने गर्छ । 

नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएको ६ दिन बित्यो । दुई दिनपछि फूलपाती  आउँदै छ । अघिल्ला वर्षहरूमा यो समयमा बालाजु नयाँ बसपार्कमा क्षेत्रमा राजधानी सहर छाड्नेको निकै चहलपहल हुने गरे पनि यस वर्ष भने त्यस्तो भिडभाड देखिएको छैन । 

  • पार्टी छाड्ने चेतावनी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले ‘वाचाबन्धन’ उलङ्घन गर्दा पार्टीभित्र चरम निराशा र विभाजनको घण्टी बजेको नेताहरूले नै बताएका छन् ।

  • दसैँमा डिजिटल प्लेटफर्म

अचेल फिल्म हेर्न हलमा पुग्नुपर्छ भन्ने छैन । विश्वमा विकास भएका विभिन्न डिजिटल प्लेटफर्मले घरमै बसेर फिल्म हेर्न सुविधा उपलब्ध गराएको छ । विश्वबजार नियाल्ने हो भने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभ, युट्युब लगायतका अनगिन्ती ‘ओभर दि टप’ (ओटीटी) प्लेटफर्म चल्तीमा छन् ।

  • मेलम्चीको पानी

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् । 

  • मन्त्रिपरिषद्का निर्णय

सरकारले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको हो । 

  • बहुविवाह मुद्दा

 उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो ।

  • रसियन आरोहीको मृत्यु

धौलागिरि हिमालमा पाँच जना आरोहीको मृत्यु भएको मंगलबार पुष्टि भयो । आइतबार राती ११ बजे धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव मंगलबार ७६०० मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप