बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

जम्मू कश्मीर चुनावको नतिजा : नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत

मङ्गलबार, २२ असोज २०८१, २१ : १२
मङ्गलबार, २२ असोज २०८१

जम्मू । जम्मू कश्मीरमा भएको विधानसभा चुनावको अन्तिम नतिजा आएको छ । यहाँ जम्मू कश्मीर नेशनल कन्फ्रेन्स र कांग्रेसको गठबन्धनले बहुमत प्राप्त गरेको छ ।

नेशनल कन्फ्रेन्सले ४२ सिट जितेको छ भने कांग्रेसले ६ सिट जितेको छ । जबकि भाजपाले २९ सिट पाएको छ । पीडीपी भने ३ सिटमा सीमित भएको छ ।

यसबाहेक भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) कम्युनिस्ट पार्टी (सीपीएम), जम्मू कश्मीर पिपुल्स कन्फरेन्स (जेपीसी) र आम आदमी पार्टीले एक–एक सिट पाएका छन् भने सात सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

जम्मू कश्मीरमा कुल ९० सिट रहेका छन् र बहुमतका लागि ४६ सिट आवश्यक छ । नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनले ४८ सिट जितेको छ ।

जम्मु कश्मीरमा १० वर्षपछि विधानसभाको चुनाव भएको हो । पछिल्लो पटक भाजपा र पीडीपीले मिलेर सरकार बनाएका थिए । यस सरकारमा महबुबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन् । तर भाजपा-पीडीपी गठबन्धन सरकारले पाँच वर्ष पूरा गर्न सकेन।

यसपछि ५ अगस्ट २०१९ मा अनुच्छेद ३७० खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जा हटाएर दुई केन्द्र शासित प्रदेश बनाइयो र केन्द्रीय शासन लागू गरियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप