बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

कोलकाताको आरजी कर मेडिकल कलेजका वरिष्ठ चिकित्सकद्वारा सामूहिक राजीनामा

मङ्गलबार, २२ असोज २०८१, २१ : ०८
मङ्गलबार, २२ असोज २०८१

कोलकाता । कोलकाताको आरजी कर मेडिकल कलेज अस्पतालमा भएको बलात्कार र हत्याको विरोधमा प्रदर्शन गरिरहेका जुनियर डाक्टरहरूको समर्थनमा अस्पतालका ५० वरिष्ठ चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

अर्कोतर्फ कोलकाता मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सकहरूले पनि २४ घण्टाभित्र जुनियर डाक्टरहरूको माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । मंगलबार राज्यका स्वास्थ्य शिक्षा निर्देशकलाई पठाएको पत्रमा आरजी करका वरिष्ठ चिकित्सकले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रमा उनले आन्दोलनकारीका माग पूरा गर्न ठोस पहल गर्न सरकारसँग माग गरेका छन् । एक वरिष्ठ डाक्टरले भने, ‘आमरण अनशन कुनै पनि आन्दोलनको अन्तिम हतियार हो। जुनियर डाक्टरहरूले आमरण अनसन गरे पनि सरकारले कुनै सकारात्मक पहल गर्न सकेको छैन। अहिलेको लागि हामीले सामूहिक राजीनामा दिएका छौँ। त्यसपछि हामी पनि आमरण अनसनमा बस्छौँ। व्यक्तिगत रूपमा राजीनामा दिन्छौँ।’

आफ्ना १० बुँदे मागसहित धर्मतल्ला क्षेत्रमा शनिबार साँझदेखि सात जना कनिष्ठ चिकित्सक आमरण अनसनमा छन् । वरिष्ठ चिकित्सकको सामूहिक राजीनामाका कारण दुर्गा पूजाको समयमा स्वास्थ्य सेवा अवरुद्ध हुने सम्भावना छ ।

प्रदेशका मुख्यसचिव मनोज पन्तले सोमबार कनिष्ठ चिकित्सकलाई अनशन तोड्न आग्रह गर्दै अक्टोबर १० तारिखसम्म सबै मेडिकल कलेजका ९० प्रतिशत माग पूरा गर्ने आश्वासन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप