मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

इनिएस्टाद्वारा फुटबलबाट संन्यासको घोषणा

मङ्गलबार, २२ असोज २०८१, २० : ३८
मङ्गलबार, २२ असोज २०८१

बार्सिलेना । स्पेनका पूर्व विश्वविजेता खेलाडी आन्द्रेस इनिएस्टाले ४० वर्षको उमेरमा फुटबलबाट संन्यास लिएका छन् । बार्सिलोनामा आयोजित समारोहमा संन्यासको घोषणा गर्दा इनिएस्टा निकै भावुक बनेका थिए । उनले अब प्रशिक्षणमा करियर अघि बढाउने पनि बताए ।

फुटबलको इतिहासमा महान् मिडफिल्डरमध्ये एक मानिने इनिएस्टाले स्पेनका लागि १ सय ३१ खेल खेलेका छन् । उनले सन् २०१० फिफा विश्वकपको फाइनलमा विजयी गरेका थिए भने सन् २००८ र २०१२ को युरोपियन च्याम्प्यिनसिप पनि जितेका थिए ।

ला मासियाबाट ग्राजुएट भएका इनिएस्टाले आफ्नो २२ वर्षीय फुटबल करियरको लामो समय बार्सिलोनामा बिताए । सन् २००२ मा सिनियर डेब्यु गरेका उनले क्लबसँग २९ वटा उपाधि जित्न सफल भए । यसमा ९ वटा ला लिगा र चारवटा च्याम्पियन्स लिगको उपाधि रहेका छन् ।

सन् २०१८ मा इनिएस्टा जापनिज टोली भिसेल कोबेमा आबद्ध भएका थिए । सन् २०२३ मा उनी युनाइटेड अरब इमिरेट्समा यूएई प्रो लिग टोली इमिरेट्समा आबद्ध भए ।

उनी सन् २०१० को बालोन डी’ओरमा दोस्रो भएका थिए भने सन् २००९ देखि २०१७ सम्म लगातार ९ वर्ष फिफा फिफप्रो वर्ल्ड ११ मा समावेश भएका थिए ।

बीबीसी स्पोर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप