मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

लागु औषधसहित तीनजना पक्राउ

मङ्गलबार, २२ असोज २०८१, २० : ३८
मङ्गलबार, २२ असोज २०८१

बुटवल । दाङको घोराही–१८ मसिनाबाट प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुसार गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो ।

सोधपुछको क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र ४२ वर्षीया बिनी पुन रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि  थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप