मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
समाचार

सिन्धुली जाँदै गरेको बस दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते

मङ्गलबार, २२ असोज २०८१, १९ : ५१
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप सिंहका अनुसार मृत्यु हुनेमा रामेछापकाे सुनकोशी गाउँपालिका–६ की युनिषा श्रेष्ठ रहेकी छिन् । घाइते हुनेहरूको नाम खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप