मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

गोरखा नगरपालिकामा कर्मचारी सरुवाको विषयमा विवाद

मङ्गलबार, २२ असोज २०८१, १९ : ४७
मङ्गलबार, २२ असोज २०८१

पोखरा । गोरखा नगरपालिकामा कर्मचारी सरुवाको विषयमा विवाद भएको छ । मेयरले आफूहरूसँग छलफल नै नगरी कर्मचारी सरुवा गरिएको भन्दै उपमेयरसहित बहुमत कार्यपालिका सदस्यहरूले असन्तुष्टि जनाएका छन् । 

गोरखामा मेयर नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपमेयर नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । आफूहरूको सहमति विना मेयर र प्रमुख प्रशासकीय अधिकृतले सहमति दिँदैमा कर्मचारी सरुवा नमान्ने उनीहरूको चेतावनी छ ।

उपमेयर मसलीमाया थोकर (सपना पुन)सहित बहुमत सदस्यले हस्ताक्षर उठाएर मुख्यमन्त्री कार्यालयमा पत्र पठाएका छन् । ‘नगरपालिकामा उपप्रमुखसहितको सरुवा सहमति बेगर नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले छलफल नगरी एकलौटी रूपमा दिइएको सरुवा सहमतिको आधारमा कुनैपनि कर्मचारी सरुवा नगरिदिनुहुन अनुरोध छ,’ उनीहरूको पत्रमा उल्लेख छ, ‘एकलौटी तरिकाले दिइएको सिफारिसको आधारमा सरुवा भई आएका कर्मचारीलाई हाजिर गराउन नदिने ब्यहोरा जानकारी गराइन्छ ।’

उपमेयर पुनले सल्लाह विना मेयर र प्रशासकीय प्रमुखले कर्मचारी ल्याउन सहमति दिएको आरोप लगाइन् । ‘हाम्रो कुरा काम गर्न सक्ने नयाँ मान्छे ल्याऔँ भन्ने हो । तर उहाँहरूले सिफारिस पठाउने नाममा पुरानै बढुवा भएर गएका कर्मचारी ल्याउन खोजिएको छ,’ उनले भनिन्, ‘लेखासम्बन्धी ज्ञान नभएको, कम्प्युटर नजानेको मान्छेलाई ल्याएर हुन्छ त ?’ लेखाका कर्मचारी नारायण मरहठ्ठा केही समयअघि बढुवा भएका हुन् । उनैलाई नगरपालिका ल्याउन लागिएको कांग्रेस जनप्रतिनिधिहरूको गुनासो छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप