दसौँ राष्ट्रिय खेलकुद केन्द्र सरकारका कारण पछाडि धकेलियो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्र सरकारकै कारण पछाडि धकेलिएको बताएका छन् ।
मंगलबार बेलुका वीरेन्द्रनगरस्थि निर्माणाधीन रंगशालाको अनुगमन पश्चात पत्रकारसँग प्रतिक्रिया दिँदै कँडेलले केन्द्रकै कारण अलमल भएको बताएका हुन् ।
पहिलाको प्रस्तावित मिति भएको र खेलकुद आयोजना गर्नका लागि मिति तोक्नुपर्ने भएपनि केन्द्रका खेलकुद मन्त्रीहरूले त्यसो नगरिदिएको उनको भनाइ छ । ‘हामीले आफ्नोतर्फबाट गर्नुपर्ने काम गरिरहेकै छौँ,’उनले भने, ‘केन्द्रका मन्त्रीहरूसँग पनि समन्वय गरिरहेको छु ।’
आयोजक केन्द्र सरकार भएकाले प्रदेश सरकारले दायित्व नलिएको भन्दै कँडेलले पन्छिने काम गरिरहेको आरोप लाग्दै आएको छ । कँडेलले प्रदेशका तर्फबाट केन्द्रमा दबाब दिनुको साटो प्रदेश सरकारले दायित्व नलिने कुरा सार्वजनिक रूपमै भन्दै आएका छन् ।
केन्द्र र प्रदेश दुवै तहका सरकारले दसौँ खेलकुदबारे खासै चासो नदिँदा उक्त प्रतियोगिता तोकिएको समयमा नहुने निश्चित भइसकेको छ । अब कहिले हुने भन्ने अझै अन्यौलता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु