मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भूमिका खेल्नसक्छ : अध्यक्ष कार्की

मङ्गलबार, २२ असोज २०८१, १८ : ३५
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् ।

मंगलबार विश्वमा जलविद्युतमा प्रविधि र बजारका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष कार्कीले  क्लिन र ग्रिन ऊर्जामा नेपाल चाँडै विकसित हुने बाटोमा रहेको बताए । उनले नेपालमा उत्पादित क्लिन र ग्रिन ऊर्जा भारत र बंलादेशमा निर्यातको बाटो खुला भएको र भारतमा निर्यात गरिरहेको बताए । उनले भारतसँग १० वर्षमा १० हजार मेगावट र बंलादेशसँग ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको उल्लेख गरे । उनले नेपालले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको पनि बताए । उनले नेपाल दक्षिण एसियामा जलविद्युत उत्पादन र स्टोरेजको हब भएको बताए । उनले अहिले नै नेपालले वर्षातमा विदेशमा १ हजार मेगावाट विद्युत् निर्यात र सुख्खायाममा नेपालले ७ सय मेगावाट विद्युत् खरिद गरिरहेको बताए । 

अध्यक्ष कार्कीले प्राकृतिक रूपमा नै धेरै जलविद्युत उत्पादन गर्नसक्ने अवस्था रहेको भन्दै ६ हजार मेगावाट भन्दा बढीका २ हजार जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको बताए । 

अध्यक्ष कार्कीले अस्टे«लिया विश्वको जलविद्युत उत्पादन र प्रविधिमा अगाडि रहेको भन्दै नेपालमा अस्टे«लियाको प्रविधि आदानप्रदान गर्न आवश्यक रहेको बताए । उनले नेपाल जलविद्युत उत्पादनमा ठुलो सम्भावना बोकेको देश भएको बताए । उनले अस्ट्रेलियाको जलविद्युत बजार पनि धेरै विकसित र एडभान्स बजार रहेको भन्दै त्यहाँको बजार नीतिका बारेमा पनि नेपालमा जानकारी लिन जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप