मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

एक्सटर्सनमा संलग्न एक जना पक्राउ

मङ्गलबार, २२ असोज २०८१, १८ : ३२
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले डर त्रास देखाई रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-३ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने अश्विन दानी रहेका छन् ।

दानीलाई पीडितसँग लिएको रकम सहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

दानीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट चन्द्र बहादुर तामाङको जाहेरीले ठगी मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान भएको अभिलेखबाट देखिन आएको प्रहरी उपरीक्षक दानीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप