उपत्यकावासीलाई एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । मंगलबार मेलम्चीबाट काठमाडौँ पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल)ले दुई दिन बिराएर पानी वितरण गर्ने भनेपनि अहिले मानिसहरूको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताए । उनले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजदेखि उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए । उनले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौँ उपत्यकामा आउने जनाए । पानी ल्याउन धेरै चुनौती र कठिनाइ व्यहोर्नुपरेको भन्दै उनले स्थानीयहरूको माग दसैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘आज दसैँअघि प्रतिबद्धता गरेको पानी काठमाडौँ पथान्तरण गर्ने त्यो वाचा पूरा गरेका छौँ । अब काठमाडौँ उपत्यकावासीको घरघरमा यो पानी पुग्छ । त्यसको लागि केयुकेएललाई अनुरोध गरेका छौँ । सबै मोनिटर गरेर जनताको घरघरमा पानी वितरण गर्नुस् भनेका छौँ । यसमा १७ करोड लिटर पानी आउँछ । यो सबै काठमाडौँ उपत्यकामा जान्छ । यो पानीले गर्दा खास गरेर काठमाडौँ उपत्यकावासीको लागि कमसेकम दुई दिन बिराएर दिने योजना छ । मैले एक दिन बिराएर दिन आग्रह गरेको छु ।’
मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरू सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोलन गर्नुपर्ने स्थिति आउन नदिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’