मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

नाबालिगहरूलाई ठमेलको डिस्को प्रवेश गराउने २ जना पक्राउ

मङ्गलबार, २२ असोज २०८१, १८ : २४
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । काठमाडौँको ठमेल एरियामा रहेका डान्सबार, क्लब लगायतका मनोरञ्जन स्थानहरूमा उमेर नपुगेका बालबालिकाहरूलाई प्रवेश गराउने तथा काममा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४ धापाखेल घर भएका ३१ वर्षीय सनिप महर्जन र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ घर भएका २९ वर्षीय सन्देश थापा छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उमेर नपुगेका बालबालिकाहरूलाई रात्रिकालिन मनोरञ्जनस्थलमा प्रवेश गराएको अवस्थामा काठमाडौँ महानगरपालिका-१६ ठमेलस्थित सेनेट क्लब र फायर डिस्को थेक क्लबबाट उनीहरूलाई पक्राउ गरेका हुन् ।

महर्जन र थापालाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ । दुई क्लबबाट उद्धार गरिएका नाबालिगहरूलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप