राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
_GIqHGpFBwE.jpg)
काठमाडौँ । यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । असोज २६ गते शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् ।
पन्थीका अनुसार अपराह्न ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।
त्यसपछि अपराह्न ३:३० बजे देखि ५:०० बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई पनि राष्ट्रपतिले टीका लगाइदिनेछन् । टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन भनिएको छ । टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
-
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
-
२०८१ साल : हिन्दी फिल्मलाई ‘माथ’ दिएको वर्ष
-
जयपुरमा सिजनको पहिलो खेल, राजस्थानलाई उसैको घरमा बेंगलुरुको चुनौती
-
कांग्रेससँग मिलेर चुनाव लड्दा पनि पीएससँग हारे खगराज, कास्की रेडक्रसमा खड्का विजयी
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै