मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानको आवासीय राजदूतमा धिताल नियुक्त

मङ्गलबार, २२ असोज २०८१, १७ : ५५
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई मंगलबार इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई राष्ट्रपति पौडेलले आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप