मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

प्रवासी नेपाली समाजले गर्‍यो दसैँको शुभकामनासँगै प्रशिक्षण कार्यक्रम

मङ्गलबार, २२ असोज २०८१, १७ : ३३
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । प्रवासी नेपाली समाज (नेपाली जन प्रगतिशील मञ्च) अमेरिका राष्ट्रिय कार्यसमितिले दसैँ तिहार, छठ र नेपाल संवत् लगायत चाडपर्वको अवसरमा प्रशिक्षणमूलक शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाले नेपाल सित युद्धको चपेटामा पर्ने खतरा, समाधान र समाजवादी धारको निर्माण लगायतका विषयमा धारणा राखे । उनले नेपालमै युवा शक्तिलाई रोजगारमा जोड दिनुपर्ने भनाई व्यक्त गरे । 

माओवादी केन्द्रका सचिव तथा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका इन्चार्ज राम कार्कीले देश निर्माण गर्नको लागि नेपाली जहाँ भएपनि भूमिका निभाउनु पर्नेमा जोड दिँदै प्रशिक्षण दिए । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय रणेन्द्र बराली र मोहनमान स्वार, माओवादी केन्द्र पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका संयोजक उदयराज गौतम, सह–संयोजकद्वय नारायण कंडेल र अशोक खड्का सचिव तिलक के.सी लगायत सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । 

सङगठनका अध्यक्ष काशिनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव निर्मल पाण्डेल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप