धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
मङ्गलबार, २२ असोज २०८१, १७ : १८
म्याग्दी । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरुको शव मंगलबार भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ ।
आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एक जनालाई उद्धार गरी काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुली जाँदै गरेको बस दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते
-
गोरखा नगरपालिकामा कर्मचारी सरुवाको विषयमा विवाद
-
धौलागिरि क्षेत्रमा यसरी गयो पाँच जना रसियन आरोहीको ज्यान
-
शिक्षामन्त्रीले गरिन् सातै प्रदेशका मन्त्रीहरूसँग छलफल
-
विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने