समाचार
तेल ट्यांकरमा लुकाएर गाँजा तस्करी, २ जना पक्राउ
मङ्गलबार, २२ असोज २०८१, १६ : ४७

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लुकाएर तस्करी गरिएको गाँजा मकवानपुरबाट प्रहरीले बरामद गरेको छ । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट ३९२ किलो गाँजा बरामद गरिएको मकवानपुरका एसपी विश्वराज खड्काले रातोपाटीलाई बताए ।
पालुङबाट वीरगन्ज जाँदै गरेको ना.७ ख १७७१ नम्बरको ट्याांकरभित्र लुकाएको अवस्थामा सो गाँजा भेटिएको हो । गाँजा ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी घर भएका ट्यांकर चालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल छन् ।
ट्यांकरको पाँचवटा डिब्बाहरुमध्ये ३ नम्बर डिब्बामा २५ वटा पोका बनाएर लुकाएको अवस्थामा गाँजा बरामद गरिएको एसपी खड्काले जानकारी दिए । आरोपीहरुविरुद्ध प्रहरीले लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त