काभा यू–२० भलिबल च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई सजिलै हरायो

काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी काभा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले दोस्रो जित हासिल गरेको छ । नेपाली टोलीले मंगलबार खेलिएको आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।
प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । नेपालले पहिलो सेटको नतिजालाई २५–५ अंकले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा पनि नेपाली टोली २५–१२ अंकले अगाडि रह्यो । तेस्रो सेटको नतिजालाई २५–२० अंकले आफ्नो पक्षमा पार्दै नेपालले सजिलै खेल जित्यो ।
जितसँगै नेपाली टोलीले अगाडि बढ्ने आफ्नो सम्भावना कायमै राखेको छ । तेस्रो खेल खेलेको नेपाली टोलीले जारी प्रतियोगितामा हात पारेको यो दोस्रो जित हो । नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकालाई ३–० सेटले हराएको थियो ।
नेपाली टोली आफ्नो दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३–१ सेटले पराजित भएको थियो । त्यसैले माल्दिभ्सविरुद्धको खेल नेपाली टोलीका लागि निकै महत्त्वपूर्ण थियो । नेपाली टोलीले आफ्नो चौथो खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ ।
आफ्नो पाँचौँ खेलमा नेपाली टोलीले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेछ । लिग चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला