भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार हपफिल्ड र हिंटनलाई

स्टकहहोम । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जन जे. हपफिल्ड र जेफ्री ई. हिंटनलाई यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिएको छ । कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाई सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि यो पुरस्कार दिइने निर्णय गरिएको हो ।
यसअघि सोमबार चिकित्सा क्षेत्रमा दिएको अतुलनीय योगदानका लागि अमेरिकीद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई छानिएको थियो । माइक्रो आरएनए आविष्कार गरेबापत दुवैलाई यो सम्मान प्रदान गरिएको थियो ।
सन् २०२३ मा यस विधामा पियरे अगस्टिनी, फेरेन्क क्राउज र एनी लहुइलियरलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । इलेक्ट्रोनमा गरिएको अध्ययनका लागि सो पुरस्कार दिइएको थियो । नोबेल पुरस्कारको घोषणा चिकित्साशास्त्रको नोबेल पुरस्कारबाट सुरु भएको थियो । अक्टोबर ७ अर्थात सोमबार यसको घोषणा गरिएको हो ।
यसपछि अक्टोबर ८ मंगलबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरियो । अब बुधबार रसायन शास्त्र र बिहीबार साहित्य तर्फको पुरस्कार घोषणा हुनेछ । यसबाहेक शुक्रबार नोबेल शान्ति पुरस्कार घोषणा गरिने छ भने अर्थशास्त्रको क्षेत्रमा यो पुरस्कार विजेता अक्टोबर १४ मा घोषणा गरिने छ ।
विजेताले कति पाउनेछन् पुरस्कार ?
विजेताहरूले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार पाउनेछन् । पुरस्कार राशि पुरस्कारका संस्थापक तथा स्वीडेनी आविष्कारक अल्फ्रेड नोबेलले छोडेको वसीयतबाट आउनेछ । एक विधामा अधिकतम् तीनसम्मलाई नोबेल पुरस्कार दिइन्छ । पुरस्कारको राशि विजेता सबैले बराबरी बाँडेर लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले 'एनजी' आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने
-
प्रदर्शनमा देखिएनन् राप्रपाका शीर्ष नेता, विक्रम पाण्डे निषेधित घेरासम्म पुगेर फर्किए
-
तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन
-
६ वर्षमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा पाकिस्तान क्रिकेट बोर्ड
-
शिक्षकहरू १९ दिनदेखि आन्दोलनमा : अभिभावक सङ्घले गुहार्यो मानवअधिकार आयोग
-
दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै