मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
फूलपाती बढाइँको ग्राण्ड रिहर्सल, तस्बिरहरू
फूलपाती

फूलपाती बढाइँको ग्राण्ड रिहर्सल, तस्बिरहरू

मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । बिहीबार टुँडिखेलमा आयोजना गर्न लागिएको फूलपाती बढाइँ समारोहको लागि मंगलबार ग्राण्ड रिहर्सल गरिएको छ । हप्तौँदेखि गरिएको तयारी र पूर्वाभ्यास पश्चात् नेपाली सेनाले हरेक वर्ष फूलपाती आउन दुई दिन बाँकी रहँदा ग्राण्ड रिहर्सल गर्ने गर्छ । 

fulpati rehersal (1)

फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो ।  सप्तमीका दिन गोरखा दरबारबाट ल्याइएको फूलपाती दसैँ घरमा भित्र्याउने साइतमा नेपाली सेनाले २१ तोपको सलामी दिने गर्छ ।

fulpati rehersal (2)

टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरूलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन पनि छ । 

fulpati rehersal (3)fulpati rehersal (4)fulpati rehersal (5)fulpati rehersal (6)fulpati rehersal (7)fulpati rehersal (8)fulpati rehersal (9)fulpati rehersal (10)fulpati rehersal (11)fulpati rehersal (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया