मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिपुरबाट नालामा खसेका प्रह्लाद महर्जनको खोजीमा कुकुर परिचालन

मङ्गलबार, २२ असोज २०८१, १४ : ५४
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित तिन्सी खोलामा खसेर बेपत्ता भएका प्रह्लाद महर्जनको खोजीका तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

असोज १७ मा कीर्तिपुर नगरपालिका–७ स्थित घर नजिकै नालीमा लडेर बेपत्ता भएका महर्जनको खोज तथा रेस्क्युका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

५१ वर्षीय महर्जनको खोजीका लागि नेपाल प्रहरी केनाइन महाशाखाका डीएसपी बासुदेव सुवेदीको कमाण्डमा दुईवटा कुकुर र प्रहरी वृत्त कीर्तिपुरका अनुसन्धान अधिकृतहरू खटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप