मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

‘ छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’मध्ये कसलाई कति शो ?

मङ्गलबार, २२ असोज २०८१, १४ : १७
मङ्गलबार, २२ असोज २०८१

काठमाडौंँ । फूलपातीदेखि प्रदर्शनमा आउन लागेको तीन फिल्म ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को बुकिङ खुला भएको छ । मंगलबार दिउँसोसम्म तीन फिल्ममध्ये सबैभन्दा धेरै शो ‘छक्कापञ्जा ५’ पाएको छ ।

 दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्मले देशभर हलबाट एक दिनमा २१७ शो पाएको खल्ती एपको डाटामा उल्लेख छ । क्यूएफएक्सले यो फिल्मलाई ९४ शो र आईएनआईले १४ शो उपलब्ध गराएको छ । 

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीलगायतका कलाकारको अभिनय छ ।  

त्यस्तै, फिल्म ‘१२ गाउँ’ले देशभर १२५ शो प्राप्त गरेको छ । क्यूएफएक्सले यो फिल्मलाई ४९ शो र आईएनआईले ८ शो दिएको छ । बिराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ’मा फिल्ममा बिराज र उनका छोरा समीरको मुख्य भूमिका छ ।

फूलपातीमा आउने तीन फिल्म मध्य सबैभन्दा थोरै शो वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले पाएको छ ।  फिल्मले देशभर ८९ शो पाएको छ ।

गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म बिहीबारका ‘बेहुली फ्रम मेघौली’ले पनि दोस्रो साता २४ शोका साथ निरन्तरता पाउने भएको छ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्मको दोस्रो साताको शोमा भारी कटौती भएको हो ।

 तीन फिल्म एकसाथ रिलिज हुने भएपनि ‘बेहुली फ्रम मेघौली’को शोलाई असर परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप