मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

ट्रक चालकको मृत्यु प्रकरण:  दुर्गा प्रसाईंका समर्थकविरुद्ध ज्यान मुद्दामा अनुसन्धान

मङ्गलबार, २२ असोज २०८१, १३ : ५८
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । झापाको कन्काई नगरपालिका–८ स्थित विरिङ खोलामा दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा ट्रक चाकको मृत्यु भएसँगै प्रहरीले ८ जनालाईलाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।  आरोपीहरुविरुद्ध ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग समेतको मुद्दामा अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । 

आगजनी र ज्यान मुद्दामा संलग्न आरोपमा पक्राउ पर्नेमा झापा हाल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र भुजेल, हाल्दिबारी गाउँपालिका घर भएका ५१ वर्षीय वीर बहादुर गुरुङ र झापा बिर्तामोड घर भएका ३५ वर्षीय उदय लिम्बु छन् । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको झापा जिल्ला संयोजक भीम तुम्बापो लिम्बु र जिल्ला सहसचिव सुरेश चौधरीलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

रुद्र भुजेल महाअभियानको झापा जिल्ला समिति कोषाध्यक्ष हुन् भने विवश लिम्बु, माबो लिम्बु र उदय लिम्बु जिल्ला कार्य समिति सदस्य हुन् । राजेश महत मेचीनगरका नगर इन्चार्ज हुन् । वीर बहादुर गुरुङ अभियानको सल्लाहकार हुन् ।

सिलिगुडीबाट प्लाई बोकेर आएको युपी–५७–एटी–४४९३ नम्बरको ट्रक र बिर्तामोडबाट काँकडभिट्टा जाँदै गरेको डब्लुबि–७३–ई–३०५६ नम्बरको ट्रक र चालकलाई लक्षित गरेर उनीहरूले पेट्रोल बम प्रहार थिए । 

 असोज ६ मा कन्काई नगरपालिका–८ स्थित विरिङ खोला पुल र बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि स्टेट नजिकै भारतीय नम्बरको ट्रक आरोपीहरूले जलाएका थिए ।

 आगजनीबाट डब्लुबि–७३ ई–३०५६ नम्बरको ट्रकका  चालक पोदो रायको उपचारको क्रममा मृत्यु भएको चन्दले रातोपाटीलाई बताए । भारत स्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारको क्रममा रायले ज्यान गुमाएका हुन् ।

बिरिङ खोलामा प्रसाईंका कार्यकर्ताले प्रहार गरेको पेट्रोल बमबाट घाइते भएका अर्का ट्रक चालकको उपचार हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप