महिला साफ च्याम्पियनसिपको तयारी पुरा, भारत र पाकिस्तानबिच दशरथ रंगशालामा उद्घाटन खेल
![महिला साफ च्याम्पियनसिपको तयारी पुरा, भारत र पाकिस्तानबिच दशरथ रंगशालामा उद्घाटन खेल](https://npcdn.ratopati.com/media/news/aaa_QnGOAad8u7.jpg)
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । साफ महिला च्याम्पियनसिप आगामी कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुँदैछ ।
एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ ।
प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान र साबिक विजेता बंगलादेश रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् ।
प्रतियोगिताका सहभागी टोलीहरुलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकालीस्थित खेल मैदान र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी एन्फाका प्रवक्ता सुरेश साहले दिए ।
प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले प्रमुख प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षकत्वमा तयारी गरिरहेको एन्फाले जनाएको छ ।
हाल २७ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच खेलिने छ । नेपाली टोलीले भने आफ्नो पहिलो खेल कार्तिक २ गते साँझ भुटानसँग खेल्नछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !