बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह

मङ्गलबार, २२ असोज २०८१, १३ : २१
मङ्गलबार, २२ असोज २०८१

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यक भएको बताएका छन् । ल दलीय सिण्डिकेट तोड्दै सबै बर्ग एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिनुपर्ने उनले बताए । 

दसैँ, शुभ दीपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको महमदपुरमा आज आजपाद्वारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागी आजपा अध्यक्ष साहले देशलाई जोगाउनका लागि दलाल दलतन्त्रको विरुद्धमा तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए । 

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिद्ध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिद्ध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’ आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुक आर्थिक संकट तथा प्राकृतिक विपत्तिबाट गुज्रिरहेको छ । तर सरकार कहाँ छ भनेर पीडितले खोज्दा समेत न्याय नपाउने अवस्था छ । सरकारमा भएकाहरूको कसरी लुट्ने भन्ने विषयमा ध्यान केन्द्रित छ ।’ 

 दलतन्त्रले मुलुकको आर्थिक अवस्था संकटमा परेको बताउँदै उनले दलका ‘मठाधीश’ले लुट मच्चाएको बताए । मुलुक र जनताको पक्षमा काम गर्नुपर्ने सरकार आफ्नो गुट र समूहका लागि काम गरिरहेको आरोप उनले लगाएका छन् । 

युवा, विद्यार्थी, मजदुर, किसानका साथै सबै वर्गहरूले अहिलेको भ्रष्ट, लुटकारी व्यवस्थाको विरुद्धमा आवाज उठाउँदै आएको बताउँदै उनले अब एकजुट भएर आन्दोलनमा होमिनुपर्ने आवश्यक रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप