दसैँ बिदामा मानव अधिकार आयोग खुला रहने
मङ्गलबार, २२ असोज २०८१, १२ : ५७

काठमाडौँ । दसैँ बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको छ । आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाको अवधिमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने भएको हो ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने निर्णय भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म
-
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
-
गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने
-
तीन वर्षभित्र १३ लाख धनीपुर्जा वितरण गरिन्छ : अध्यक्ष रिजाल
-
शंकर पोखरेलको प्रश्न : प्रचण्डको उर्दी कतै हलो अड्काएर गोरु चुट्ने त होइन ?
-
‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव