मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

सिस्नेरीको सडक दिउँसो एकतर्फी, राति बन्द

मङ्गलबार, २२ असोज २०८१, १२ : ४३
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । हेटौंडाबाट काठमाडौँ जोड्ने दक्षिणकाली सिस्नेरीको सडक दिउँसोको समयमा एकतर्फी हुने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको अनुगमनपछि यो मार्गलाई एकतर्फी गर्न निर्देशन दिइएको हो । 

यस अनुसार हेटौँडाबाट काठमाडौँ आउने सवारी साधन यो मार्गबाट प्रवेश गर्न पाउँदैनन् । यी सवारी साधनलाई चित्लाङको बाटो हुँदै काठमाडौँ पठाउने व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी ( सीडीओ )  तीर्थराज चिलुवालले जानकारी दिए ।

त्यस्तै, रातीको समयमा भने यो सडक खण्ड पूर्ण रूपमा बन्द हुनेछ । ‘पहिरो पन्छाएर खोलामै ट्र्याक बनाइएको र साँघुरो बाटो भएका कारण रातिको समयमा गाडी नचलाउनुस् भनेका छौँ,’ सीडीओ चिलुवालले भने, ‘यातायात व्यवसायीहरू पनि यसमा सहमत हुनुहुन्छ ।’

त्योबाहेक अरू सबै सडकहरू अहिले नियमित रूपमा सञ्चालनमा छन् । कान्ति राजमार्ग हुँदै आवतजावत हुने सडक अहिले दुईतर्फी सञ्चालनमा आइसकेको छ । 

थानकोटबाट चित्लाङ हुँदै हेटौँडा जोड्ने सडक, काठमाडौँबाट नौबिसे हुँदै भैँसे जोड्ने त्रिभुवन राजपथ र नारायणघाट मुग्लिङ हुँदै आवतजावत सडकको बाटो अहिले सुचारु रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप