श्रमिकको मुद्दा साझा समस्याको रूपमा देखिएको छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औँ क्षेत्रीय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकका मुद्दाहरू विश्वव्यापी साझा समस्याको रूपमा रहेको भन्दै यस्ता समस्या सामूहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए ।
उनले भने, ‘श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रूपमा रहेका छन् । सामूहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरू समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’
उनले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा आत्मसाथ गरेको बताए । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति सरकारले लिएको पनि उनको भनाई छ ।
उनले भने, ‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा आत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’
उनले समय सापेक्षित श्रमिकको न्यूनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीति कार्यान्वयन गर्दै आएको जानकारी गराए ।
बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरो लगायतबाट केही वर्षबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिबाट गरिखाने श्रमिक वर्गमा पर्न गएको समस्या र उनीहरूको न्यायोचित रूपान्तरणका कुराहरू नेपालका तर्फबाट कुरा उठाउने बताए । उनले दुई दिने एसिया प्रशान्त क्षेत्रको सबै वरिष्ठ ट्रेड युनियन नेताहरू सम्मिलित बैठकको शुभकामना समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार
-
चीनले बनायो सबैभन्दा छिटो दगुर्ने रोबोट
-
‘आफ्नै स्वार्थ’मा सुवास र गीताश्रीको अभिनय
-
पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६६ हजार नजिक
-
भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा