राष्ट्र बैङ्कले बढायो चाँदीका सिक्का र मेडालियनको मूल्य
![राष्ट्र बैङ्कले बढायो चाँदीका सिक्का र मेडालियनको मूल्य](https://rpcdn.ratopati.com/media/albums/asarfi_9_kd5gDIbp6d.jpg)
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।
बैंकको टक्सार महाशाखा यसअघि ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियन, गुरु नानक २५००, सत्यमोहन जोशी २५००, धितोपत्र बोर्ड २५०० को मूल्य ५ हजार रुपैयाँ पुर्याएको छ । १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, जगलक्ष्मी, गाई मेडालियन सत्यमोहन जोशी १००० नामक मेडालियनको मूल्य १ हजार ८ सयबाट रुपैयाँबाट २ हजार रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, १५ ग्रामको टक्सार यान्त्रिकीकरणको मूल्य ३ हजार ८ सय रुपैयाँबाट चार हजार १ सय, ३१.१०३ ग्रामको राज्यारोण १ ओजेड ७ हजार ३ सय रुपैयाँबाट ७ हजार ९ सय ५० रुपैयाँ, २५ ग्रामको सार्क प्रुफ सिक्का ६ हजार ५ सयबाट ७ हजार रुपैयाँ, ३१.१ ग्रामको श्री ५ ज्ञानेन्द्र राज्यारोहणको ७ हजार २ सय बाट ७ हजार ८ सय ५० पुर्याइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक