मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि

मङ्गलबार, २२ असोज २०८१, १२ : ०९
मङ्गलबार, २२ असोज २०८१

सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको क्यूएफ ५९ उडानमा यात्रुको अगाडिको स्क्रिनमा एक्कासि अश्लील फिल्म चल्न थाल्यो । प्राविधिक गडबडीका कारण सो फिल्म चलेको थियो । तर यसका कारण विमानमा सवार सबै यात्रुहरू विशेषगरी बालबालिकासहित यात्रा गर्ने परिवारले असहज अवस्थाको सामना गर्नु पर्‍यो ।

उडानको क्रममा देखाइएको फिल्ममा अश्लील यौन सामग्री र नग्न दृश्यहरू थिए । फिल्म रोक्न वा स्क्रिनको चमक घटाउन वा यसलाई बन्द गर्न सम्भव नभएको एक यात्रीले रेडिटमा लेखेका छन् यसलाई  फेर्न करिब एक घण्टा लागेको उनले बताए । स्क्रिनमा चलिरहेको चलचित्र राम्रो नभएको थाहा पाएपछि एयरलाइन्सका कर्मचारीले यात्रुहरूले सो चलचित्र हेर्न नसकुन् भन्ने प्रयास गरेका थिए । तर पनि स्क्रिनबाट फिल्मलाई हटाउन सकिएन ।

क्वान्टास एयरलाइन्सले यस घटनाको पुष्टि गर्दै उडानभित्रको मनोरञ्जन प्रणालीमा प्राविधिक गडबडीका कारण यात्रुलाई आफ्नो मनपर्ने चलचित्र छनोट गर्न असुविधा भएको बताएको छ । न्यूयोर्क पोस्टका अनुसार एयरलाइनका चालक दलका सदस्यहरूले यात्रुहरूलाई उनीहरूको मनपर्ने चलचित्रको नाम सोधेर समस्या समाधान गर्ने प्रयास गरेका थिए । तर त्यसपछि सबैको स्क्रिनमा ‘ड्याडियो’ देखाइयो ।

एयरलाइन्सका प्रवक्ताले एक विज्ञप्तिमा घटनाप्रति खेद व्यक्त गर्दै व्यक्तिगत चलचित्र छनोटको विकल्प उपलब्ध नभएको अवस्थामा परिवारका लागि उपयुक्त चलचित्र लगाउने सामान्य अभ्यास रहेको बताए । ‘यो फिल्म विमानभित्र लगाउन उपयुक्त थिएन र हामी यस खराब अनुभवको लागि हाम्रा यात्रुहरूसँग इमानदारीपूर्वक क्षमा माग्छौँ ।’ प्रवक्ताले भनेका छन् । त्यही फिल्म कसरी छनोट भयो भन्ने कुराको खोजी भइरहेको प्रवक्ताले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप