दसैँको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा, तस्बिरमा हेर्नुहोस्
![दसैँको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा, तस्बिरमा हेर्नुहोस्](https://npcdn.ratopati.com/media/news/1212_FRmXpxi5yS.jpg)
काठमाडौँ । राजधानीको खोकनामा नेपालीहरुको चाड दसैँको सट्टा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन ।
स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलवार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् ।
मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।
खोकनावासी दसैं मनाउँदैनन् । यो जात्रालाई दसैंभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दसैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
-
७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग
-
आज भीमा एकादशी व्रत, भगवान् विष्णुको पूजा गरी मनाइँदै