मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

पेटको बोसो किन हुन्छ सबैभन्दा खतरनाक ?

मङ्गलबार, २२ असोज २०८१, १२ : ०३
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । पछिल्लो समय नेपालीहरूमा पनि मोटोपनाको समस्या देखिन थालेको छ । तौल बढ्नु अहिले धेरैको लागि निकै गम्भीर समस्या बनेको छ । ऐतिहासिक रूपमा हामीले मान्छेको शरीरको मोटाई नाप्न बडी मास इन्डेक्स अर्थात् (बीएमआई)को प्रयोग गर्दै आएको थियो । यसमा मान्छेको उचाइ र तौलका आधारमा उसको मोटोपनाको हिसाब गरिन्थ्यो । 

तर पछिल्लो समय भने वैज्ञानिकहरू मान्छेको शरीरमा बोसोको वितरणलाई बढी ध्यान दिनु पर्ने बताइरहेका छन् । शरीरको कुन हिस्सामा बोसो धेरै जमेर बसेको छ ? त्यसले कस्ता जोखिम निम्त्याउन सक्छन् ?

खासगरी हाम्रो पेट वरपर लाग्ने बोसो मुटुका लागि निकै खतरनाक हुन्छ । यो हाम्रो भित्री अङ्गहरूमा बेरिएर बसेको हुन सक्छ । यस्तो बोसोलाई बिसरल बोसो भनिन्छ । यस्तो खालको बोसो भएको मानिसको शरीर निकै सुन्निएको हुन्छ । यस्ता मानिस हर्ट अट्याकको उच्च जोखिममा गराउँछ ।

मोटोपनाका कारण डायबेटिज, उच्च कोलेस्ट्रोल र मुटुसँगसम्बन्धी अनेक समस्या हुन सक्छ । केही प्रकारको क्यान्सर र अचानक मृत्यु हुने जोखिम पनि हुने वैज्ञानिकहरू औँल्याउँछन् ।

उही तौल भएका मानिसमा पनि मुटुसम्बन्धी रोग र मधुमेह विकासको जोखिम नाटकीय रूपमा फरक पर्न सक्छ । पेट वरपर बोसो किन बढ्छ ? यसै भन्न सकिन्न ? तर निष्क्रिय जीवन वा व्यायाम नगर्नु यसको एउटा कारण हुन सक्छ । मानिसहरू आ–आफ्नो जीवनमा यति व्यस्त छन् कि प्रशोधित खानेकुरा र फास्ट फूडको खपत बढेको छ ।

पेटको बोसो नाप्ने एक मात्रै सटिक तरिका भने सीटी वा एमआरआई स्क्यान हो । पेटमा कतिको बोसो लागेको छ भन्ने कुरा इञ्चीटेपले कम्मर नापेर पनि थाहा पाउन सकिन्छ । महिलाको कम्मर ३५ इन्च र पुरुषको ४० इन्चभन्दा धेरै हुनु उनीहरूमा मुटुको रोग र दोस्रो खालको मधुमेहको जोखिमको खतराको सङ्केत भएको नेशनल इन्ष्टिच्यूट अफ हेल्थले भनेको छ ।

कम्मरको बोसो कसरी घटाउने

राम्रो कुरा के छ भने हामी कम्मरमा थुप्रिएर बसेको बोसोलाई हटाउन सक्छौँ । स्वास्थ्य जीवनशैली, सन्तुलित भोजन र नियमित व्यायाम नै यसको उपाय हो । पेटमा लागेको बोसो घटाउने अचुक उपाय व्यायाम नै हो । व्यायामले समग्रमा तौल त घटाउँछ नै तर यसले पेटको बोसो बढी घटाउँछ ।

खानपान:

चिनी र स्याचुरेटेड फ्याट धेरै भएका खानेकुराहरू सकेसम्म नखानुहोस् । हामीले तरकारीमा प्रयोग गर्ने वनस्पति तेलले पनि पेटको बोसो बढाउँछ भनेर केही अध्ययनले देखाएका छन् । त्यसैले तेलको खपत सकेसम्म कम राख्नुहोस् ।

व्यायाम:

हरेक दिन निश्चित समय व्यायाम गर्नुहोस् । पेटको बोसो घटाउन एरोबिक्स बढी लाभदायक हुने बताइन्छ । तर रेसिस्टेन्स ट्रेनिङ पनि लाभदायक हुन्न भन्ने चाहिँ होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप