जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीमार्फत टिकट खुला

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ ‘जुबिन नौटियाल लाइभ इन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनर बनेको छ । एन् अटिजम केयर फाउन्डेसनसँग सहकार्य गर्दै अटिजम भएका व्यक्तिहरूका लागि आयोजित फन्ड रेजिङ च्यारिटी कन्सर्टमा युवाहरू माझ लोकप्रिय बनेको आवाज जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहने जनाइएको छ । जुन कार्यक्रमको सम्पूर्ण टिकटिङको जिम्मेवारी आफूले लिएको खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डिसेम्बर १४ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा सो च्यारिटी हुनेछ । च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूका लागि खर्च गरिने जनाइएको छ।
यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, '१००० भन्दा बढी इभेन्ट/कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै आएको खल्तीले यस सामाजिक सेवा लक्षित च्यारिटी कन्सर्टमा आफ्नो टिकटिङ सेवा प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ। युवा पुस्तामा निकै नै लोकप्रिय जुबिन नौटियालको प्रस्तुति र अटिजम सम्बन्धी जनचेतना तथा सहयोगको लागि सुरु गरिएको यस अभियानले खल्तीको सामाजिक उत्थानका लागि डिजिटल सेवा प्रदान गर्ने उद्देश्यलाई थप उत्साह दिने कुरामा हामी आशावादी छौँ। म्युजिकल उत्सवमा रमाउन र सामाजिक हितमा साथ दिनका लागि बढी भन्दा बढी प्रयोगकर्ताहरूले सहजै र सरलै अनलाइन टिकट खरिद गर्न मिल्ने यस सुविधाको लाभ लिनु हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।' खल्तीमार्फत अहिले नै टिकट खुला भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले बाइडेनको नीति त्याग्दा खुसी छ रुस, साउदी अरबमा भएको वार्तामा के भयो ?
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं