मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् शरीरमा कोलस्ट्रोल बढाउने खाना

मङ्गलबार, २२ असोज २०८१, ११ : १४
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । कोलस्ट्रोल शरीरको कोशिकामा पाइने मैनजस्तो पदार्थ हो । यो शरीरको कामकाजका लागि आवश्यक हुन्छ । तर शरीरमा यो अधिक स्तर हुनु हानिकारक हुन सक्छ ।

हाई कोलस्ट्रोललाई हाइपर कोलेस्ट्रोलेमिया पनि भनिन्छ । यसले मुटु रोग र स्ट्रोकको जोखिम बढाउन सक्छ । शरीरमा गूड र ब्याड अर्थात् असल र खराब कोलेस्ट्रोलको स्तर धेरै वा कम हुनुमा हामीले गर्ने भोजनको महत्वपूर्ण भूमिका हुन्छ ।

सर्दीको मौसम स्वास्थ्यको दृष्टिले निकै चुनौतीपूर्ण हुन्छ । यतिबेला कयौँ कारकले कोलस्ट्रोल बढाउन सक्छन् । यसका भोजन, जीवनशैली र जिनेटिक्सको पनि असर हुन्छ । चिसोमा कोलस्ट्रोल सिधैं बढ्ने होइन । तर जाडोमो स्वस्थ आहार र व्यायाम दिनचर्यालाई कायम राख्न चुनौती पूर्ण हुन्छ जसका कारण पनि कोलस्ट्रोल बढ्न सक्छ ।

बाहिरी वातावरणमा तापमान घटेपछि शरीरलाई तातो राख्न हामीलाई तारिएको खाजा र कार्बोहाइड्रेट्स युक्त खाद्य पदार्थ खान मन लाग्छ । यी मध्ये अधिकांश खानेकुरा वर्षभरि नै उपलब्ध हुने भएपनि चिसोयाममा हामी धेरै खान्छौं । खास गरेर हिउँदमा कोलस्ट्रोलको स्तर बढाउने खाद्य पदार्थ खुबै खाइन्छ । तर यिनीहरूको सेवन सतर्कताका साथ गर्नु पर्छ । के हुन् त ती चिजहरू ?  

घ्यू

चिसोयाममा हामी घ्यूको सेवन धेरै गछौं । यसले खानामा स्वाद र सुगन्ध थप्छ । यो हेल्दी फ्याटको राम्रो स्रोत हो । तर यसको धेरै सेवन कोलेस्ट्रोलका बिरामीले पचाउन सक्दैनन् । नियमित व्यायाम छैन भने अधिक मात्रामा घ्यू खाँदा शरीरमा खराब कोलेस्ट्रोल बढ्छ ।

बटर
बटरको प्रयोग कयौं प्रकारको व्यञ्जनमा गरिन्छ । यसको धेरै सेवनले शरीरमा खराब कोलेस्ट्रोलको स्तरलाई बढाउन सक्छ । बजारमा पाइने बटरमा स्याचुरेटेड फ्याटको मात्रा अधिक हुन्छ ।

पनीर
पनीर नेपाली परिकारको लोकप्रिय सामाग्री हो । चिसो याममा गेडागुडीमा मिसाउन होस् वा अचारमा पकौंडामा होस् वा मममा अनेकौं व्यञ्जनमा यसको प्रयोग हुन्छ । यसमा स्याचुरेटेड फ्याटको मात्रा अधिक हुन्छ । यसले खराब कोलेस्ट्रोलको स्तर बढाउन सक्छ ।

रातो मासु

चिसो याममा रातो मासुको सेवन निकै धेरै गरिन्छ । तर यसमा पनि स्याचुरेटेड फ्याट अधिक मात्रामा हुन्छ । जो मुटुसम्बन्धी रोगको कारण बन्न सक्छ ।

भुटेको वा तारेको खाजा

समोसा, पकौडा, फ्रेन्च फ्राइड, चप, बारा जस्ता तारिएको स्न्याक्स चिसोयाममा निकै खाइन्छ । तर यसमा ट्रानस फ्याट निकै धेरै हुन्छ । जसले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप