प्रमुख राजनीतिक दलहरूले दसैँ–तिहारको अवसरमा चियापान नगर्ने

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले यसपटक दसैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएकाले चियापान कार्यक्रम नगर्ने नेताहरूले बताएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बाढीपहिराेले जनता शोकमा रहेकाले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘असोज ११ र १२ गते आएको बाढीपहिराेले धेरै जनधनको क्षति भएको छ । जनता शोकमा रहेकाले यसपटक पार्टीको तर्फबाट चियापान कार्यक्रम हुनेछैन’, मंगलबार रातोपार्टीसँग गौतमले भने । एमालेले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन चियापान समारोह राख्दै आएको थियो ।
यस्तै प्रमुख सत्ता घटक नेपाली कांग्रेसले पनि चियापान नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हरेक वर्ष पूर्णिमाको दिन चियापान गर्दै आएको थियो ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि बाढी पहिरोले धेरै जनधनको क्षति भएकाले पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ । पार्टीको तर्फबाट हुने चियापान कार्यक्रम स्थगित गरिएको माओवादीले एक परिपत्रमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई तिहाइको सरकारको नालायकीका कारण निरङ्कुशतन्त्रे टाउको उठाउन खोज्यो : वर्षमान पुन
-
पहिलो पटक गैरसरकारी विधेयक दर्ता
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी