बागमती पुलको पहुँचमार्ग मर्मतसँगै कान्ति लोकपथ सञ्चालनमा

हेटौँडा । काठमाडौँ छोटो दुरीको मार्ग कान्ति लोकपथ सञ्चालनमा आएको छ । बगुवास्थित मकवानपुर र ललितपुरको सिमानाको बागमती पुलको पहुँचमार्ग मर्मत गरेर सडक संचालनमा ल्याइएको हो ।
ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथीको बगुवा पुलसम्मको पहुँचमार्ग मर्मत गरेपछि सडक संचालनमा ल्याइएको कान्ति लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार दिउँसोबाट कान्ति लोकपथ भएर सवारीसाधन पूर्ण रुपमा सञ्चालन हुनेछ । अहिले पनि सामान्य रुपमा सवारीन आवागमन खुला गरिएको भएपनि लालितपुरतर्फको पहुँचमार्गमा अझै पनि फिलिङ गर्न बाँकि रहेकाले काम भइरहेको प्रमुख बज्राचार्यको भनाई छ ।
गत ११ र १२ असोजको अविरल वर्षाले कान्ति लोकपथ अन्तर्गत बागमती माथीको बगुवा पुलको मकवानपुरतर्फको पहुँचमार्ग बगाउँदा सवारी आवागमनमा समस्या भएको थियो । लभलग दस दिनपछि कान्ति लोकपथ आजबाट सुचारु भएको हो ।
बागमतीमा आएको बाढीले मकवानपुरतर्फ बगाएको भाग मर्मत गरेपछि यातायात सुचारु गरिएको कान्ति लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् । उनले गएराति नै मर्ममतको काम सकिएपनि ललितपुरतर्फको पहुँचमार्गमा अझै थोरै फिलिङको काम बाँकी रहेकाले आज दिउँसोबाट सवारी साधनको आवतजावत खुला गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन