मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड्सका ‘फुटबल लिजेन्ड’ निस्केन्सको निधन

मङ्गलबार, २२ असोज २०८१, १० : १९
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । नेदरल्यान्ड्सका ‘फुटबल लिजेन्ड’ खेलाडी जोहान निस्केन्सको निधन भएको छ । उनले ७३ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । उनी आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी हुन् ।

नेदरल्यान्ड्स फुटबल महासंघले पनि उनको निधन भएको पुष्टि गरेको छ । आफ्नो समयका चर्चित मिडफिल्डर निस्केन्सले सन् १९७० देखि सन् १९८१ सम्म नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै १७ गोल गरेका थिए ।

उनले डच क्लब आयाक्स, स्पेनिस क्लब बार्सिलोना, अमेरिकी क्लब न्यु योर्क कसमसलगायतका क्लबबाट ब्यवसायिक फुटबल खेलेका थिए । सन् १९७० को दशमा उनले नै ‘टोटल फुटबल’ को अवधारणा अगाडि बढाएका थिए ।

‘जोहान निस्केन्सको निधनको समाचारले हामी स्तब्धः भएका छौँ । उनको निधनबाट नेदरल्यान्ड्सलाई मात्र होइन विश्व फुटबललाई नै अपूरणीय क्षति पुगेको छ,’ रोयल डच फुटबल एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन् १९७४ र सन् १९७८ को फिफा विश्वकपमा नेदरल्यान्ड्सको टोली उपविजेता बन्दा निस्केन्स टोलीका महत्वपूर्ण सदस्य थिए । सन् १९७४ को विश्वकपको फाइनलमा तात्कालिन पश्चिम जर्मनीले डच टोलीलाई २–१ गोलले हराएको थियो ।

त्यसपछि सन् १९७८ को विश्वकपको फाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा ३–१ गोलले पराजित गरेको थियो । निस्केन्सले डच क्लब आयाक्सलाई तीनपटक युरोपियन कपको उपाधि पनि चुमाएका थिए । उनले आयाक्सले दुई दुई पटक घरेलु लिगको उपाधि पनि जिताएका थिए ।

निस्केन्सले सन् १९७४ देखि सन् १९७९ सम्म स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेलेका थिए । उनले बार्सिलोनालाई कोपा डेल रे र युरोपियन कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले सन् १९९१ मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । त्यसपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय भएका थिए । उनले नेदरल्यान्ड्स र अस्ट्रेलियाको राष्ट्रिय टोली तथा बार्सिलोना, गालातसारेलगायतका क्लबमा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप