मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

चर्चित फुटबलर वेन रुनीलाई ‘लेजेन्ड्स अफ फुटबल’ अवार्ड

मङ्गलबार, २२ असोज २०८१, ०९ : ५७
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी वेन रुनीले अर्को एउटा अवार्ड घर भित्राएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रुनीले ‘लेजेन्ड्स अफ फुटबल’ अवार्ड हात पारेका हुन् ।

३८ वर्षीय रुनी लन्डनमा आयोजित अवार्ड वितरण समारोहमा श्रीमती कोलिन र जेठा छोरा काईसहित उपस्थित भएका थिए । इङ्ल्यान्डको राष्ट्रिय टोलीलाई थुप्रै महत्त्वपूर्ण उपलब्धि दिलाएका रुनी हाल प्रशिक्षकको भूमिकामा सक्रिय छन् ।

रुनीले इङ्लिस प्रिमियर लिग क्लब एभर्टनबाट आफ्नो खेल जीवन सुरु गरेका थिए । उनी सन् २००२ मा एभर्टनको सिनियर टोलीमा आबद्ध भएका थिए । त्यसपछि उनले सन् २००४ देखि सन् २०१७ सम्म म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए ।

‘लिजेन्ड अफ फुटबल अवार्ड पाउनु मेरा लागि गौरवको विषय हो । यसअघि यो अवार्ड विश्वकै सर्वोत्कृष्ट फुटबलरहरूले पाएकाले पनि यसको महत्त्व विशेष छ । यसका लागि म सबैप्रति आभारी पनि छु,’ अवार्ड प्राप्त गरेपछि रुनीले भने ।

रुनीभन्दा अगाडि विश्वका महान फुटबलर पेले, डेभिड बेकह्याम, आर्सने वेंगर, फारा विलियम्स, सर एलेक्स फर्गुसनलगायतले पनि यो अवार्ड प्राप्त गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप