मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

हिजबुल्लाहविरुद्ध इजरायली सेनाको आक्रमण : लेबनानमा ११ सैनिकको मृत्यु

मङ्गलबार, २२ असोज २०८१, ०९ : ४६
मङ्गलबार, २२ असोज २०८१

बेरुत । इजरायली सेनाले छिट्टै लेबनानको दक्षिणी तटीय क्षेत्रमा कारबाही सुरु गर्ने चेतावनी दिँदै त्यस क्षेत्रमा रहेका लेबनानीहरूलाई समुद्र तटबाट टाढा रहन आग्रह गरेको छ । समाचार एजेन्सी एपीका अनुसार इजरायली सेनाले माछा मार्ने माझीहरूलाई भूमध्य सागरको ६० किलोमिटरभित्र नजान समेत चेतावनी दिइएको छ।

यसअघि सोमबार इजरायली सेनाले दक्षिणी लेबनानका हिजबुल्लाह इलाकाहरुलाई निशाना बनाएर १२० भन्दा बढी स्थानमा आक्रमण गरेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणमा कम्तीमा १० अग्निनियन्त्रकको मृत्यु भएको छ। यस बाहेक अझै धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका छन् ।

दक्षिणी लेबनानस्थित हिजबुल्लाहहरुको इलाकामा इजरायली सेनाको अपरेशन जारी छ। सो अवधिमा सोमबार दुई इजरायली सैनिकको मृत्यु भएको थियो । लेबनानमा हालसम्म ११ इजरायली सैनिकले ज्यान गुमाएका छन् ।

अर्कोतर्फ, हिजबुल्लाहले सोमबार लेबनानबाट १९० रकेट प्रहार गरेको इजरायली सेनाले  जनाएको छ। यसमा कम्तीमा ९ जना घाइते भएका छन् । यसबाहेक आधारभूत सेवामा पनि क्षति पुगेको छ । इजरायली सेनाले राजमार्ग र धेरै घरहरूमा प्रत्यक्ष हमला गरिएको बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप