मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?

मङ्गलबार, २२ असोज २०८१, ०६ : २३
मङ्गलबार, २२ असोज २०८१

वि.सं. २०८१ साल असोज २२ गते । मंगलबार । ईश्वी सन् २०२४ अक्टोबर ८ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–पञ्चमी, २ घडी ५३ पला, बिहान ७ बजेर १० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–ज्येष्ठा, ४७ घडी ४६ पला, रातको १ बजेर ७ मिनेट उप्रान्त मूल । योग–सौभाग्य, ५७ घडी १ पला, रातको ४ बजेर ४९ मिनेट उप्रान्त शोभन । करण–बालव, बिहान ७ बजेर १० मिनेट उप्रान्त कौलव, बेलुकी ७ बजेर २५ मिनेट उप्रान्त तैतिल ।  आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–वृश्चिक । काठमाडौँ सूर्योदय बिहान ०६ बजेर ० मिनेट । सूर्यास्त बेलुकी  ५ बजेर ४० मिनेट । दिनमान २९ घडी १० पला । पचली भैरव यात्रा ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ०० मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ०१ मिनेटदेखि बिहान ७ बजेर २८ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर २९ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म चर बेला ।
बिहान ०८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ५१ मिनेटदेखि दिउसो १ बजेर १८ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर १९ मिनेटदेखि दिउसो २ बजेर ४५  मिनेटसम्म लाभ बेला ।
दिउसो २ बजेर ४६ मिनेटदेखि बेलुकी ४ बजेर १३ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर १५ मिनेटदेखि बेलुकी ७ बजेर १३ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो २ बजेर ४५ मिनेटदेखि बेलुकी ४ बजेर १२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्मा मुहूर्त

बिहान ४ बजेर २४ मिनेटदेखि बिहान ५ बजेर १२ मिनेटसम्म ब्रम्हा मुहूर्त रहनेछ ।

मेष-चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा अग्रजहरुको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ भने दैनिकी सहज रूपमा व्यातित हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले हौसला मिल्नेछ । नसोचेको धन सम्पती प्राप्त हुने योग रहेको छ । बैक तथा वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट लाभ हुनेछ । छोटो दुरीको यात्राको तय हुनेछ ।

बृष-ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साझेदारी व्यवसायमा साझेदारहरू बिच कुरा नमिल्दा आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी बस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ । तरपनि पहिरन, खाद्यान्न, सवारी साधनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने तथा किनमेल र मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । माया प्रेममा रमाउन चाहने प्रेमी जोडीहरूका लागि आजको समय उत्तम रहेको छ । छोटो दुरीको रमाइलो यात्रा हुनेछ । किनमेल, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । भेटघाट, खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाँउको भ्रमण हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने परिवारको साथले नयाँ काम गर्न हौसला बढ्नेछ । दिनदुखिको सेवामा आफूलाई समर्पित गर्न पाउँदा मन हर्षित हुनेछ । तरपनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक असमझ्दारिले कामहरू गर्न केही कठिनाई हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेको छ । यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टप्रद पनि हुन सक्छ । तरपनि व्यापारमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमी जोडीहरूका लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई तथा विचारहरू जनमानसमा लैजान सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा जमघट भई खानपान, मनोरञ्जनमा समय व्यतित गर्न  सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागी समयले साथ दिने तथा लामो दुरीको यात्रा गर्ने अवसर जुर्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाँउको भ्रमण हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसायमा उल्लेख्य वृद्धि हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यतित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरूका आज समय राम्रो रहेको छ । खाद्यान्न, पहिरन, गरगहना तथा तरल पदार्थको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। दाजुभाइ तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागी काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत लाभ लिन सकिनेछ । बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यतित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा थोरै समय दिँदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । किनमेल, मनोरञ्जन तथा मिष्टान्न भोजनका साथ परिवार तथा आफन्तसँग समय व्यतित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ । बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । परिवारका साथ रमाइलो गर्दै अधिकांश समय व्यतित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप