जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपीडितलाई पाँच लाख ५५ हजार पाँच सय आर्थिक सहयोग गरेको छ ।
महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगर नेतृत्वको टोलीले आज काभ्रेपलाञ्चोकको रोशी पुगेर बाढीपहिबाट भएको क्षतिको अवलोकन गरी त्यसको पुनःनिर्माण र पीडित नागरिकको राहतका लागि गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई उक्त रकम हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईँ, मधु आचार्य र गणेश लामा, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं प्रदेशसभा सदस्य तीर्थ लामालगायतको सहभागीता रहेको थियो ।
महासंघको अगुवाइमा यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाढीपहिरो गएपछि घरबारबिहिन बनेका रोशीका स्थानीयवासीको स्वास्थ्य जाँचसमेत गर्दैआएको महासंघकी केन्द्रीय सदस्य पशुपति गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन